१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

प्रहरीको गोली लागेर सिरहामा एकको मृत्यु, गोलबजार तनावग्रस्त



सिरहा-सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार गोली लागेर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको हो भने अर्का घाइतेको घाँटीमा गोली लागेको बताइएको छ। मृतक र घाइते दुवैको पहिचान तत्काल खुल्न सकेको छैन ।

प्रदर्शनका क्रममा अवस्था नियन्त्रणबाहिर गएपछि प्रहरीले गोली चलाएको बताइएको छ। घटनापछि गोलबजार क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने थप प्रहरी परिचालन गरिएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो, कति राउन्ड गोली प्रहार गरियो तथा घटनाको वास्तविक कारणबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार ००:००  ४ : ०१ बजे