१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

झापा प्रशासनले एक वर्षमा १५ करोडभन्दा बढी राजस्व उठायो



बिर्तामोड– जिल्ला प्रशासन कार्यालय झापाले गत आर्थिक वर्षमा १५ करोड ३१ लाख २३ हजार ५११ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रस्तुत गरेको विवरणअनुसार कुल राजस्वमध्ये राहदानी शुल्कबाट मात्रै १४ करोड ७० लाख ७९ हजार ४५१ रुपैयाँ सङ्कलन भएको छ ।

अन्य विभिन्न सेवा तथा शुल्कबापत ६० लाख ४४ हजार ६० रुपैयाँ राजस्व उठेको प्रशासनले जनाएको छ ।

झापामा जिल्ला प्रशासन कार्यालयसँगै इलाका प्रशासन कार्यालय दमक र गौरीगञ्जबाट पनि राहदानी वितरण हुँदै आएको छ ।

गत आर्थिक वर्षमा दमकबाट ३ करोड ५३ लाखभन्दा बढी र गौरीगञ्जबाट १ करोड ३६ लाख २४ हजार रुपैयाँ राहदानी शुल्क सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार ००:००  ८ : ५२ बजे