१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

पर्यटन पत्रकार मञ्च झापाको पहिलो अधिवेशनबाट नयाँ कार्यसमिति चयन



झापा– पर्यटन पत्रकार मञ्च झापाको प्रथम साधारणसभा तथा पहिलो अधिवेशन बिर्तामोडमा सम्पन्न भएको छ। अधिवेशनबाट कमलप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।शनिबार सम्पन्न अधिवेशन कार्यक्रममा पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा पर्यटन कार्यालय अधिकृत निरज कट्टेल, पत्रकार महासंघका उपाध्यक्ष सुब्रत न्यौपाने, नाट्टाका कोशी प्रदेश महासचिव नवीन खरेल, पर्यटन मञ्च झापाका अध्यक्ष उदय श्रेष्ठ, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी लगायत सञ्चारकर्मी, पर्यटन व्यवसायी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।


अधिवेशनबाट पुष्प बराल उपाध्यक्ष, हिमाल खरेल सचिव, तिलक तामाङ सहसचिव र चन्द्रप्रसाद बानियाँ कोषाध्यक्षमा निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रेमकुमार आचार्य, विष्णु श्रेष्ठ, पारसमणि आचार्य र टिकाराम बास्तोला चयन भएका छन ।


बैठकले नवगठित कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्ने तथा नयाँ सदस्यता अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले पर्यटन पत्रकारितामार्फत झापासहित कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार, पर्यटन प्रवर्द्धन र पत्रकारहरूको क्षमता अभिवृद्धिमा मञ्च सक्रियरूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार ००:००  ८ : ४१ बजे