१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

उत्कृष्ट पत्रकारका रूपमा राजवंशी र सुवेदी सम्मानित



झापा– प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र झापा खबरका सम्पादक अच्युत सुवेदी उत्कृष्ट पत्रकारका रूपमा सम्मानित भएका छन ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घको आठौं वार्षिक साधारण सभाको अवसरमा आइतबार उनीहरूलाई नगदसहित सम्मान गरिएको हो । सञ्चार क्षेत्रमार्फत पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको सङ्घले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले दुवै पत्रकारलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार ००:००  ८ : ३९ बजे