२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठताको आधार तोडियो : बस्नेतले जनाए आपत्ति



काठमाडौँ-एमाले नेता महेश बस्नेतले संवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठताको आधार तोड्ने प्रयास भएको भन्दै आपत्ति जनाएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वरिष्ठताका आधारमा सपना मल्ल प्रधानको नाम सिफारिस गर्ने सहमति बनेको अवस्थामा त्यसलाई तोडेर फरक नाम अघि सार्नु न्यायालयमा गलत परम्परा संस्थागत गर्ने प्रयास भएको टिप्पणी गरेका हुन् ।

उनले यो केवल नियुक्तिको विवाद नभई न्यायपालिकाको स्वतन्त्रता र संस्थागत मर्यादामाथिको हस्तक्षेपसमेत भएको बताएका छन् ।

बस्नेतले भने, ‘बालेन शैलीको मनोमानी अब अदालतसम्म पुर्‍याएर ‘पालेन न्यायाधीश’ बनाउने प्रवृत्ति बढ्नु लोकतान्त्रिक प्रणालीका लागि गम्भीर संकेत हो ।’

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार ००:००  ८ : २३ बजे