२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सदस्यता डिजिटल प्रणालीमा रूपान्तरण गर्ने एमालेको निर्णय



काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित सदस्यतासम्बन्धी बैठकमा प्रस्तावित प्रणालीबारे विस्तृत छलफल भएको भानुभक्त ढकाल ले जानकारी दिए ।

उनका अनुसार सदस्यता व्यवस्थापनलाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने विषयमा प्रदर्शनात्मक (डेमो) प्रस्तुति समेत गरिएको थियो ।

बैठकमा उपाध्यक्ष, महासचिव, प्रदेश नेतृत्व तथा जनसङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रस्तावित प्रणालीको कार्यान्वयन प्रक्रिया र प्रभावकारिताबारे समेत छलफल भएको जनाइएको छ ।

उक्त अवसरमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियानले पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार ००:००  २ : ५५ बजे