५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026

बैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन



काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने भएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले वैशाख १५ देखि जिल्ला अधिवेशन सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि नौवटा एजेन्डासमेत तय गरेको पार्टीले जनाएको छ।

जिल्ला अधिवेशनमार्फत संगठन विस्तार, कार्यसमिति पुनर्गठन तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल गरिने जनाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार ००:००  ५ : ०६ बजे