४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद : सिटौला



काठमाडौँ– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद र अर्थहीन भएको बताएका छन् ।

बुधबार अनुशासन समितिले खड्कासँग स्पष्टीकरण मागेपछि सिटौलाले आफूहरूले मान्यता नदिएको विशेष महाधिवेशनबाट बनेको समितिको निर्णय अमान्य हुने प्रतिक्रिया दिएका हुन् ।

खड्काले विज्ञप्ति व्यक्तिगत रूपमा नभई १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यवाहक सभापतिको हैसियतमा जारी गरेको सिटौलाले बताए। ‘खड्कालाई मात्र स्पष्टीकरण सोध्नु औचित्यहीन छ’, उनले भने ।

सिटौलाले विशेष महाधिवेशनको वैधताबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै अन्तिम फैसला नआउँदासम्म १४ औँ महाधिवेशनबाट आएको कार्यसमिति नै वैध रहने दाबी गरे ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार ००:००  ९ : १८ बजे