७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

विद्यार्थी सङ्गठन खारेज नीतिविरुद्ध विप्लवको चेतावनी



काठमाडौं- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी नीतिविरुद्ध आपत्ति जनाएका छन् । सरकारको कदमलाई ‘निरङ्कुश प्रवृत्ति’ को संज्ञा दिँदै उनले विद्यार्थी आन्दोलनप्रति समर्थन जनाएका हुन् ।

विद्यार्थी सङ्गठनहरूलाई आन्दोलन सशक्त बनाउन आग्रह गर्दै उनले उनीहरूलाई परिवर्तनका वाहकका रूपमा व्याख्या गरेका छन्।

उनले इतिहासमा भएका राजनीतिक परिवर्तनमा विद्यार्थीहरूको अग्रणी भूमिका रहेको उल्लेख गर्दै वर्तमान कदम त्यसकै विपरीत भएको बताएका छन्। विद्यार्थी सङ्गठनहरूलाई दबाउने प्रयास गरिए सरकारविरुद्ध थप कडा आन्दोलन हुने चेतावनीसमेत उनले दिएका छन्।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार ००:००  १ : ०३ बजे