२० असार २०८३, शनिबार | Sun Jul 5 2026

बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष न्यौपानेको निधन



बिर्तामोड– बिर्तामोड नगरपालिका-१, भिआइपी टोलका पुराना बासिन्दा तथा बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष रामलोचन न्यौपानेको आइतबार असामयिक निधन भएको छ । उनको निधनले वडा नं. १ का स्थानीयवासी शोकाकुल बनेका छन् ।

समाजसेवी तथा अग्रज व्यक्तित्वका रूपमा परिचित न्यौपानेको निधनले समुदायमा अपूरणीय क्षति पुगेको स्थानीयको भनाइ छ । वडाध्यक्ष अग्निप्रसाद पाण्डेले न्यौपानेको निधनले वडालाई ठूलो क्षति पुगेको बताए ।

सामाजिक व्यक्तित्वको पहिचान बनाएका न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीका सक्रिय नेता समेत रहेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार ००:००  १० : ०५ बजे