२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

थापालाई एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी



काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए।

बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष ओलीले यस्तो जिम्मेवारी तोकेको जानकारी गराइएको महरले बताए।

उनका अनुसार अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको बैठकमा उल्लेख गरिएको थियो।

अध्यक्ष ओलीलाई जेन–जी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका क्रममा गत शनिबार पक्राउ गरिएको हो।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ००:००  १० : १३ बजे