२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्न कार्यदल



काठमाडौँ-सरकारले संविधान संशोधनसम्बन्धी बहस पत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सदस्य रहनेछन्। कार्यदलले संविधान संशोधनका सम्भावित विषयहरू पहिचान गरी बहसका लागि आधारपत्र तयार गर्नेछ।

‘यो हाम्रो वाचापत्रमा उल्लेख गरिएको प्रतिबद्धता पनि हो,’ प्रवक्ता पोखरेलले भने। सरकारले संविधान संशोधनलाई सहमतिको आधारमा अघि बढाउने संकेत गर्दै बहसको दायरा फराकिलो बनाउन यस्तो कार्यदल गठन गरेको जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार ००:००  ७ : २५ बजे