१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

नेकपा एमालेको आकस्मिक सचिवालय बैठक



काठमाडौँ-नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान पक्राउ गरिएपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हाे ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बने लगत्तै एमाले अध्यक्ष ओली पक्राउ परेका हुन् । जेनजी आन्दोलनमा भएको सरकारी दमनको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओलीलाई पक्राउ गरिएको छ ।

तत्कालीन गृहमन्त्री रमेश लेखकसमेत पक्राउ परेका छन् । काङ्ग्रेस एमालेका नेताहरूले सरकारले प्रतिशोधपूर्ण ढंगले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गरेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार ००:००  ९ : २६ बजे