३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026

बिर्तामोडमा ४८ कृषकलाई कृषि सामग्री वितरण



बिर्तामोड– झापाको बिर्तामोड नगरपालिकाले ४८ जना कृषकलाई विभिन्न कृषि सामग्री वितरण गरेको छ। आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषकलाई सामग्री हस्तान्तरण गर्नुभयो।

नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं. २, ३, ६, ७, ८, ९ र १० का कृषकलाई प्लास्टिक मल्चिङ, प्लास्टिक टनेल, ग्रीन नेट, सिलिकन स्टिकर, माइक्रो न्यूट्रिएन्ट तथा च्याउको बिउ वितरण गरिएको हो।

कृषि प्राविधिक सुजित साहका अनुसार वितरण गरिएको सामग्रीले तरकारी तथा च्याउ उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख प्रसाईले आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्न नगरपालिकाले यस्ता कार्यक्रम हरेक वर्ष सञ्चालन गर्दै आएको बताउनुभयो ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार ००:००  ८ : १९ बजे