काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा भएको हारको समीक्षा सुरु गरेको छ। पार्टीले वडा तहदेखि नै समीक्षा प्रतिवेदन तयार गरी माथिल्लो कमिटीमा पठाउन निर्देशन दिएको छ।
केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार वडा, पालिका, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म समीक्षा प्रतिवेदन संकलन गरिनेछ।
यस निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू पराजित भएका छन् भने अघिल्लो निर्वाचनमा ७८ सिट जितेको एमाले यसपटक २५ सिटमा सीमित भएको छ।
उपमहासचिव योगेश भट्टराईले हारका कारणबारे वस्तुनिष्ठ समीक्षा गर्न र कार्यकर्ताबाट सुझाव माग गर्दै पार्टीको रूपान्तरण, पुनर्गठन र पुनर्जागरण आवश्यक रहेको बताएका छन्।















