१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

‘भेटघाट खालिङ चौतारी’ मा साहित्यिक गतिविधि सुरु



बिर्तामोड : भेटघाट चौतारीले आफ्नो नाम संशोधन गर्दै अब ‘भेटघाट खालिङ चौतारी’ राखेको छ । साहित्यकार दान खालिङको स्मृति र योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले उहाँको नाम समेटिएको जनाइएको छ ।

शिक्षासेवी गोपालकुमार बस्नेतको अग्रसरतामा दुई दशकअघि स्थापना भएको चौतारीले शनिश्चरे रोडस्थित बस्नेत मार्केटको माथिल्लो तलामा दुई कोठाबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । सो स्थानमा खालिङसहित विभिन्न सर्जकका तस्बिरहरू सजाइएका छन् ‌।

चौतारीमा साहित्यिक जमघट भई रचना वाचन तथा समिक्षा गर्ने परम्परा रहँदै आएको छ । नाम परिवर्तनसँगै ‘भेटघाट खालिङ चौतारी’का रूपमा साहित्यिक गतिविधिलाई निरन्तरता दिइएको छ ।

यसैक्रममा शनिबार आयोजित कार्यक्रममा विभिन्न विद्यालयका बाल प्रतिभाहरूले प्रस्तुति दिएका छन् । साहित्यकार लीला अनमोलको अग्रसरतामा सम्पन्न उक्त कार्यक्रम शिक्षासेवी बस्नेतको अध्यक्षतामा भएको हो ।

भारतीय साहित्यकार मुक्ति बराल उपाध्याय प्रमुख अतिथिका रूपमा सहभागी उक्त कार्यक्रममा साहित्यकार केशव आचार्यले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार ००:००  ७ : ४० बजे