१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

उत्कृष्ट कर्मचारी र टोल विकास संस्थालाई सम्मान



बिर्तामोड-बिर्तामोड नगरपालिका-१ ले उत्कृष्ट कर्मचारी र टोल विकास संस्थाहरूलाई सम्मान गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा खरिदार गीतादेवी ढुंगानालाई ‘वर्ष उत्कृष्ट कर्मचारी’ घोषित गर्दै नगदसहित सम्मान गरिएको हो।

त्यसैगरी, पञ्चकन्या उन्नति टोल, कालिका नगर टोल र आदर्श नगर टोल विकास संस्थालाई ‘वर्ष उत्कृष्ट टोल’का रूपमा सम्मान गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र वडाध्यक्ष अग्निप्रसाद पाण्डेलगायतले सम्मानपत्र प्रदान गर्नुभयो।

कर्मचारी र टोल विकास संस्थालाई वर्षभरिका गतिविधिलाई सूचकका रूपमा लिएर सम्मान गरिएको वडा सचिव जानुका बस्नेतले जानकारी दिनुभयो।

कार्यक्रमसँगै नागरिकता, लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराधसम्बन्धी अभिमुखीकरणसमेत सम्पन्न भएको थियो।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार ००:००  ११ : १९ बजे