३ भाद्र २०८३, बुधबार | Thu Aug 20 2026

मतदातालाई धन्यवाद दिँदै बालेनले भने, ‘तपाईँहरुको जित भएको छ’



झापा-झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र (बालेन) साहले मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि उनले मतगणनास्थल बाहिर उपस्थित समर्थक तथा मतदातालाई “तपाईँहरूलाई धेरै धेरै धन्यवाद, यो जित तपाईँहरूको हो” भन्ने सन्देश लेखिएको ब्यानर देखाउँदै धन्यवाद व्यक्त गरेका हुन्।

साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्। प्राप्त नतिजाअनुसार साहले ६८ हजार ३२८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार मतमा सीमित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले साहलाई प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा अघि सार्दै चुनावी मैदानमा उतारेको थियो।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार ००:००  ७ : ५६ बजे