७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

दमकको प्रहरी हिरासतबाट भागेका यादव पक्राउ



बिर्तामोड-इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका वडा नम्बर-१ घर भएका १९ वर्षीय करण यादव छन् । दमक नगरपालिका-६ थानारोडबाट यादवलाई बुधबार साँझ पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेनजी आन्दोलनका क्रममा भदौ २४ गते दमक प्रहरीको हिरासतबाट यादव भागेका थिए ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार ००:००  ८ : ३७ बजे