झापा-नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । त्यसैगरी चाँदीको मूल्यमा पनि २० रुपैयाँको वृद्धि भएसँगै प्रतितोला ४ हजार २५५ रुपैयाँ पुगेर नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ ।














