८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

राष्ट्रिय उपाध्यक्षमा वीरता लेडी जेसीजको सशक्त दाबेदारी : ओलीलाई जिताउन अपिल



झापा-वीरता लेडी जेसीजले सन् २०२६ को राष्ट्रिय महाधिवेशनमा आफ्नो तर्फबाट निवर्तमान अध्यक्ष मेनुका ओलीलाई राष्ट्रिय उपाध्यक्षको रुपमा अगाडि सारेको छ । जनकपुरमा आयोजित राष्ट्रिय महाधिवेशनमा वीरता लेडी जेसीजले ओलीलाई राष्ट्रिय उपाध्यक्षको उमेद्वारका रुपमा अगाडि सारेको हो ।

जेसीज अभियानमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने स्थापित कुशल महिला नेतृका रुपमा रहेकी निवर्तमान अध्यक्ष ओलीलाई जिताउने अभियानमा जेसीजकर्मी जुटेको वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले बताइन् ।

‘राष्ट्रिय नेतृत्वका लागि एउटा सवल र सक्षम उमेद्वारका रुपमा उहाँलाई राष्ट्रिय उपाध्यक्षमा अगाडि सारेका छौँ, अध्यक्ष शाक्यले भनिन्, ‘सबै जेसीज मनहरुको मतले उहाँलाई जिताउने छौँ ।’

झापामा जेसीज अभियानमा निवर्तमान अध्यक्ष ओलीले खेलेको भूमिका उत्कृष्ट रहेको जेसीजकर्मी बताउँछन् । वीरता जेसीजका अध्यक्ष युवराज कुँवरले ओलीको प्रशंसा गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दूरदर्शी नेतृत्व क्षमता, अनुभव र निष्ठाले भरिपूर्ण उहाँजस्तो सक्षम व्यक्तित्वलाई अत्याधिक मतले विजयी गराइदिनुहुन सम्पूर्ण जेसीज मनहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु ।’

ओलीलाई जितको शुभकामना दिँदै जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरी लेख्छन्, ‘उहाँको नेतृत्व, दृष्टि र समर्पणले जेसीजलाई नयाँ उचाइमा पुर्‍याउने छ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।’

वीरता लेडी जेसीजबाट सदस्यता लिएको पाँच वर्षमा अध्यक्ष भएर नेतृत्व सम्हाल्ने अवसर पाएकी मेनुका जेसीज अभियानमा निरन्तर सक्रिय रहँदै आएकी छन् । नेपाल जेसीजले सञ्चालन गरेका तालिममा उनको सक्रिय सहभागिता रहँदै आएको छ ।

संस्थाको गरिमा, गौरव र शानलाई सधैँ उचाईमा राख्नु पर्छ भन्ने दृढ मान्यता राख्ने ओलीले सन् २०२२ मा ट्रेनिङ अफ ट्रेनर्स, नेपाल एकाडेमी, लेडी एकाडेमी, बिजनेस एकाडेमी लगायतका तालिम लिइसकेकी छन् ।

बुटवलमा भएको नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनमा मास्टर ट्रेनिङ अफ ट्रेनर्सबाट दीक्षित हुने अवसर प्राप्त गरेकी ओली राजनीति र समाजसेवालाई एकसाथ अगाडि बढाइरहेकी कुशल प्रशिक्षक समेत हुन् ।

जेसीज अभियानमा प्राप्त भएको जिम्मेवारी, अनुभव र नेतृत्व क्षमतालाई सामाजिक रूपान्तरणको अभियानमार्फत जोड्दै आएकी ओलीले नेपालभरका जेसीज मनहरूको मत आफूलाई प्राप्त हुने विश्वास व्यक्त गरेकी छन् ।

समन्वय र सहकार्यको माध्यमबाट अगाडि बढ्नुपर्छ भन्ने मान्यतालाई अङ्गीकार गर्दै आएकी ओलीले नयाँ पुस्तालाई समेत प्रेरित गर्दै आएकी छन् । सामूहिक लक्ष्य प्राप्तिको अभियानमा युवाहरूलाई संगठित गर्ने, सीप तथा क्षमताको विकास गर्ने र निरन्तर सक्रिय हुने कार्यमा ओलीले आफूलाई अगाडि सार्दै आएकी छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार ००:००  ५ : ०२ बजे