२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

झापाको दमकमा बस दुर्घटना : एक जनाको मृत्यु



बिर्तामोड– झापाको दमक नगरपालिका-२ पाङ्गिनीचोकस्थित भित्री सडकमा गएराति दमकबाट मोरङकाे टाडी जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

घटनामा २१ जना घाइते भएका छन् । मोरङ मिक्लाजुङ-३ का ३६ वर्षीय भीमबहादुर मगरकाे उपचारका क्रममा राति १२:२८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अन्य घाइतेको खरखरेस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । बस चालक मिक्लाजुङ-३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार ००:००  ९ : २४ बजे