झापा-संसद विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले आज एकमुष्ट सुनवाई गर्ने भएको छ । संविधानविपरीत संसद विघटन भएको जनाउँदै सर्वोच्चमा १६ वटा रिट दायर भएका छन् ।
दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि एकमुष्ट सुनवाई हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।
रिटमा संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने कल्पना संविधानले नगरेको बताउँदै राष्ट्रपतिले गरेको प्रधानमन्त्रीको नियुक्ति असंवैधानिक भएको जिकिर गरिएको छ ।
जेनजी आन्दोलनपछि भएको भौतिक र मानवीय क्षतिसँगै केपी शर्मा ओली नेतृत्वमा रहेको कांग्रेस र एमालेको गठबन्धन सरकार बहिर्गमन भएको थियो ।
आन्दोलनमा ठूलो मानवीय क्षति भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए । ओलीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतकी पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।














