१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

बोरामा पोको पारेको अवस्थामा झापामा भेटियो ५५ राउन्ड गोली



बिर्तामोड-झापाको कमल गाउँपालिका वडा नम्बर ७ रंगपुरमा ५५ राउन्ड गोली बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय गङ्गाप्रसाद पाण्डेले बोरामा पोको पारेर राखिएको अवस्थामा उक्त गोली फेला पारेका हुन् ।

शुक्रबार राति नजिक घर नजिकै केराको पात काट्ने क्रममा सेतो बोरा देखेपछि खोलेर हेर्दा त्यसमा गोली भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाले पाण्डेको सूचनाका आधारमा ५५ राउन्ड गोली भेटिएको जनाएको छ ।

बोरा खोलेर हेर्दा भेटिएको गोली पाण्डेले इलाका प्रहरी कार्यालय दमकको टोलीलाई बुझाएका छन् । सूचनाका आधारमा प्रहरी पाण्डेको घर पुगेको थियो ।

बोरामा एसएलआरको गोली ७ दशमलव ६२ एमएमको ५५ राउन्ड भेटिएको प्रहरीले जनाएको छ । कोही कसैले उक्त गोली पाण्डेको घर नजिक लगेर लुकाएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाका विषयमा प्रहरीले थप खुलाएको छैन ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार ००:००  ५ : ३४ बजे