काठमाडौँ-सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट अनुमति खुला गरिएको छ । अब रुट नलिकन सार्वजनिक यातायात गन्तव्यसम्म जान सक्ने व्यवस्था मिलाइएको हो ।
चाडपर्वको बेला सहज ढङ्गले सञ्चालन गर्ने गरी रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।
आगामी असोज २२ गतेसम्म रुट परमिट खुला रहनेछ ।



















