१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

चितवन कारागारबाट भागेका बानियाँ भद्रपुर बजारबाट पक्राउ



बिर्तामोड-चितवन कारागारबाट फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले झापाबाट शनिवार पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका भद्रपुर-५ का विकल बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बानियाँ डकैती मुद्दाको अभियोगमा चितवन कारागारमा थिए । उनलाई भद्रपुर बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

बानियाँ भदौ २४ गते चितवन कारागारबाट भागेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार ००:००  ८ : ३५ बजे