१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

बिर्तामोडकाे प्रहरी कार्यालयका क्षतिग्रस्त संरचना पुनर्निर्माणमा युवाकाे अग्रसरता



बिर्तामोड-बिर्तामोडका दुईवटा प्रहरी कार्यालयका क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि स्थानीय युवाले अग्रसरता लिएका छन् ।

जेनजी आन्दोलनपछि विस्थापित भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको पुनस्थापनाका लागि युवाहरू अग्रसर भएका हुन् ।

आन्दोलनमा दुई वटै प्रहरी कार्यालयमा आगो लगाइएको थियो । आगजनीबाट प्रहरीका सवारी साधन, कार्यालयका फर्निचर लगायतका सबै सामान जलाइएको थियो ।

आगलागीबाट क्षतिग्रस्त भवनको पुनर्निर्माण गरी प्रहरी बस्न सक्ने बनाउन स्थानीय युवाहरुले अग्रसरता लिएको व्यवसायी पदम श्रेष्ठले बताउनु भयो ।

युवाहरूको अग्रसरतामा शनिबारदेखि इलाका र ट्राफिक कार्यालयको भवन सरसफाई र मर्मतको कार्य प्रारम्भ गरिएको छ । तोडफोडबाट क्षतिग्रस्त भएका सरसामान हटाउने लगायतका काम भइरहेका छन् ।

दुईवटै प्रहरी कार्यालयमा पार्किङ गरिएका सर्वसाधारणका सवारी साधन समेत आगलागीमा डडेका छन् । कुनै पनि सवारी साधन सद्दे अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार ००:००  १२ : ५७ बजे