झापा-जेनजी युवाको आन्दोलनका क्रममा अहिलेसम्म ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आन्दोलनका क्रममा एक हजार भन्दा बढी घाइते भएका छन् ।
मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले देशभरिका २९ अस्पतालमा अहिले सम्म ३० जनाले ज्यान गुमाइसकेको बताउँदै एक हजार ६१ जना घाइतेको उपचार भइरहेको जानकारी दिए ।
डाक्टर देवकोटाका अनुसार सबैभन्दा धेरै निजामती कर्मचारी अस्पतालमा ४३६ जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा १६१ जना उपचारका लागि भर्ना भएका छन् भने एभरेस्ट अस्पतालमा १०९ जनाको उपचार भएको छ ।