१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

जेन-जी पुस्ताको आन्दोलनमा चरम दमन : गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा



काठमाडौँ-युवा पुस्ताको प्रदर्शनमा चरम दमन गरेपछि राजनीतिक वृत्तमा चर्को दबाब खेपिरहेका गृहमन्त्री रमेश लेखकले अन्तत राजीनामा दिएका छन् ।

जेनजी पुस्ताको सोमबारको प्रदर्शनमा प्रहरी दमन हुँदा कम्तिमा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री लेखकमाथि राजीनामा गर्न चर्को दबाब परेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा बोलाएको पदाधिकारी बैठकमा दिनभरको घटना ब्रिफिङ गर्दै गृहमन्त्री लेखकले राजीनामा घोषणा गरेका हुन् ।

बैठकमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा समेत सहभागी थिए । सर्वसाधारणको मृत्यु तथा घाइतेप्रति नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त भएको सुझाव बैठकमा आएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ००:००  ८ : ४८ बजे