१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

मेची नदीले बगाउँदा कचनकवलका मुर्मुको मृत्यु



भद्रपुर-मेची नदीले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-३ स्थित भैंसाबाडीमा मृत अवस्थामा एक जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले नदीले बगाउँदै ल्याएको अवस्थामा स्थानीयले देखेर बाहिर निकालेका थिए । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

मृतक कचनकवल गाउँपालिका पैनी टोलाका ६५ वर्षीय सोनुलाल मुर्मु रहेको प्रहरीले जनाएको छ । छोरीको घर जाने क्रममा मेचीखोला तर्दा उनलाई बगाएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार ००:००  ७ : ०० बजे