२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

शिक्षासेवी गुरुभक्त न्यौपानेको निधन



बिर्तामोड-शिक्षासेवी गुरुभक्त न्यौपानेको निधन भएको छ । शुक्रबार बिहान न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको हो ।

कञ्चनजङ्गा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक न्यौपाने केही वर्षदेखि अस्वस्थ हुनुहुन्थ्यो । झापाको शैक्षिक अभियान र आन्दोलनमा न्यौपानेको योगदान महत्वपूर्ण छ ।

बिएण्डसी अस्पतालमा भर्ना गरिएका न्यौपानेलाई बिहिबार घर लगिएको थियो । उहाँले दुर्गा माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा समेत काम गर्नुभयो ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शुक्रबार ००:००  ९ : ४० बजे