२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

ताप्लेजुङ गोल्डकप : रेड स्टार झापा सेमिफाइनलमा



ताप्लेजुङ-अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा रेड स्टार फुटबल क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ । पोखराको सहारा क्लबलाई २-०गोल अन्तरले हराउँदै रेडस्टारले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

मध्यान्तरपछि रेड स्टारले दुवै गोल गरेको थियो । झापाका लागि सविनकुमार लुङ्गेलीले खेलको ७७ औँ मिनेटमा पहिलो गोल गरेका थिए । इन्जुरी समयमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरी सविनले आफ्नो टिमको अग्रता दोब्बर बनाए ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा आयोजकको प्रतिनिधित्व रहेको तेल्लोक स्पोर्टिङ क्लबलाई २-० गोलले हराउँदै द योङ ब्रदर फुटबल क्लब इटहरी सेमीफाइनलमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार ००:००  ८ : ५१ बजे