२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

विकासशील राष्ट्रको सम्मेलनमा भाग लिन प्रधानमन्त्री तुर्कमेनिस्तान प्रस्थान गर्दै



झापा-प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन मध्यराति तुर्कमेनिस्तान प्रस्थान गर्दै हुनुहुन्छ ।

नेपालले अध्यक्षता गरिरहेको यो सम्मेलन तुर्कमेनिस्तानको अवाजा सहरमा साउन २० देखि २३ गतेसम्म आयोजना हुँदैछ। सम्मेलनमा प्रधानमन्त्री ओलीले अध्यक्षको हैसियतमा सम्बोधन गर्नुहुनेछ ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले एक उच्चस्तरीय गोलमेच बैठकको सह अध्यक्षता पनि गर्नु हुनेछ ।

उहाँले विभिन्न देशका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, मुख्य सल्लाहकार र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू पनि सहभागी हुनेछन् । उहाँ साउन २३ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार ००:००  १ : ५७ बजे