२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

सरकारको कार्यशैलीप्रति कडा आलोचना



विराटनगर-सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् ।

विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र जनताले सुशासनको अनुभूति गर्न नसकेको आरोप लगाए ।

नेता कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता राज्यका प्रमुख अंगहरू ठीकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा परेको विचार व्यक्त गरे ।

उनले देशको निर्वाचन प्रणालीका कारण मिलिजुली सरकार बनाउनु बाध्यता भए पनि यसका नाममा पार्टीको सिद्धान्त र आदर्शलाई त्याग्न नहुनेमा जोड दिए।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार ००:००  १ : २३ बजे