६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

साउन २४ गतेदेखि ताप्लेजुङ गोल्डकप



ताप्लेजुङ-तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता साउन २४ गतेदेखि सुरु हुने भएको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिले पाथीभरामा आयोजित एक कार्यक्रममा खेल तालिका सार्वजनिक गरेको हो ।

समितिका अध्यक्ष सागर मादेनका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत प्रसिद्ध पाथीभरा मन्दिरको धार्मिक पर्यटन प्रवर्द्धन गर्नु रहेको छ ।

सार्वजनिक तालिका अनुसार, उद्घाटन खेल साउन २४ गते तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श फुटबल क्लब, इटहरीबीच हुनेछ । त्यसैगरी, साउन २५ गते सहारा क्लब, पोखरा र रेड स्टार फुटबल क्लब, झापा भिड्नेछन् ।

साउन ३१ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेता टोलीले नगद सात लाख दुई हजार ८२ रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार ००:००  ११ : ४१ बजे