बेनी-बेनी अस्पतालले जेष्ठ नागरिकलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउन सुरु गरेको छ । सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारी नीति अनुसार जेष्ठ नागरिकलाई अस्पतालले सहुलियतमा उपचार सेवा दिन थालेको हो ।
बेनी अस्पताल विकास समितिका अध्यक्ष दिलकुमारी खत्रीले ६० देखि ६९ वर्षसम्मका जेष्ठ नागरिकले अस्पतालद्वारा निर्धारित उपचार सेवामा ५० प्रतिशत छुट प्राप्त गरिरहेको बताउनु भयो ।
अस्पतालले ७० देखि ७९ वर्षसम्मका जेष्ठ नागरिकलाई उपचारमा ७५ प्रतिशतसम्म छुट उपलब्ध गराएको छ । ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकले निःशुल्क सेवा पाइरहेका छन् ।
अध्यक्ष खत्रीका अनुसार वार्षिक ६० हजारभन्दा बढी बिरामीले उक्त अस्पतालबाट सेवा प्राप्त गर्छन् । तीमध्ये जेष्ठ नागरिकको सङ्ख्या पनि उल्लेख्य हुने गरेको छ ।















