२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु



बिर्तामोड-मोटर जोड्ने क्रममा करेन्ट लागेर झापाको बिर्तामोड-१० पत्थरभिट्टामा आइतबार राति एक जनाको ज्यान गएको छ ।

स्थानीय ५३ वर्षीय पुष्प पोखरेलले ज्यान गुमाएका हुन् । नयाँ बनाउँदै गरेको घरमा पानी हाल्नका लागि मोटो जोड्ने क्रममा पोखरालाई अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका पोखरेललाई उपचारका लागि बिर्तामोडको बीएन्डसी हस्पिटल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

पोखरेलको परिवारका सदस्य पाँचथरमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार ००:००  ७ : २५ बजे