२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

झापाका १४ स्वास्थ्य संस्था बीमाका लागि प्रथम सेवा बिन्दुको रूपमा सूचीकृत



झापा-स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा बिन्दुको रूपमा सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्थाको नाम सार्वजनिक गरेको छ ।

बीमा बोर्डले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ३८१ स्वास्थ्य संस्थाको नाम प्रथम सेवा बिन्दुको रूपमा सूचीकृत गरी सार्वजनिक गरेको हो ।

झापामा प्रादेशिक अस्पताल भद्रपुरसहितका स्वास्थ्य संस्था प्रथम सेवा बिन्दुको रूपमा सूचीकृत गरिएका छन् । बोर्डले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दुको रुपमा सूचीकृत गरेको छ ।

झापामा प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारी, शनिश्चरे अस्पताल, बनियानी प्राथमिक स्वास्थ्य केन्द्र, कन्काई नगर अस्पताल प्रथम सेवा बिन्दुको रूपमा सूचीकृत भएका छन् ।

बीमा बोर्डले शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र, गौरीगञ्ज प्राथमिक अस्पताल, दमक अस्पताल, कमल नगर अस्पताल, हल्दीबारी आधारभूत अस्पताललाई पनि प्रथम सेवा बिन्दु रहने गरी तोकेको छ ।

गौरादह नगर अस्पताल, बाह्रदशी आधारभूत अस्पताल, भगीरथा न्यौपाने बुद्ध शान्ति अस्पताल र बिर्तामोड नगर अस्पताल प्रथम सेवा विन्दुका रूपमा तोकिएका छन् ।

यसअघि स्वास्थ्य बीमा गरेका बिरामी सिधैं निजी अस्पतालमा स्वास्थ्य उपचारका लागि जाने गरेका थिए । निजी अस्पतालको बढ्दो मनोमानी विरुद्ध सरकारले सरकारी स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दुका रुपमा तोकेको हो ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार ००:००  ७ : ०५ बजे