२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

झापामा सवारी दुर्घटना : ११ महिनामा ८४ जनाको मृत्यु



बिर्तामोड-झापामा ११ महिनामा भएका सवारी दुर्घटनामा ८४ जनाको ज्यान गएको छ । एक हजार भन्दाबढी सवारी दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान चलाइए पनि मानवीय क्षतिका घटना नरोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी निरीक्षक गणेश पौडेलले मानवीय क्षति घटाउने प्रयासमा ट्राफिक प्रहरीले अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

११ महिनामा भएका सवारी दुर्घटनामा १३७ जना गम्भीर घाइते भएका छन् । १८८७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

११ महिनामा ५४ हजार भन्दाबढी सवारी चालक कारबाहीमा परेका छन् । सवारी नियम उल्लङ्घन गरेको अभियोगमा ती चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार ००:००  ९ : ०३ बजे