७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

सिम्रिक सहकारीको व्यवसायिक मौरीपालन तालिम



झापा-बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुका लागि एकदिने लघुवित्त समीक्षा कार्यक्रम तथा व्यावसायिक मौरीपालन सम्बन्धी तालिम आयोजना गरेको छ ।

संस्थाका कोषाध्यक्ष मेहरमान बिष्टको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा संस्थाद्वारा सञ्चालित लघुवित्त कार्यक्रम अन्तर्गतका सेवाकेन्द्र प्रमुखहरुको उपस्थितिमा लघुवित्त कार्यक्रमको समीक्षा गरिएको थियो ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले लघुवित्तको अवधारणा, आवश्यकता र औचित्यबारे प्रकाश पार्नुभएको थियो ।

यसैगरी, संस्थाका नीति नियम र बचत योजनाबारे आलेप विभाग प्रमुख दुर्गा प्रसाद रिजालले तथा कर्जाको सही उपयोगिता सम्बन्धमा लघुवित्त विभाग प्रमुख परमानन्द राजवंशीले अन्तरक्रियात्मक रूपमा जानकारी गराउनुभयो ।

कार्यक्रमको दोस्रो चरणमा श्री सतासी महिला मौरीपालन सहकारी संस्थाकी व्यवस्थापक देवी माया दाहालले मौरीपालन व्यवसाय, यसबाट लिन सकिने फाइदा, आवश्यक वातावरण र व्यावसायिक बन्ने तरिकाबारे प्रशिक्षण दिनुभएको थियो ।

सदस्यहरुलाई उद्यमशीलतासँग जोड्दै उनीहरुको आर्थिक अवस्था सुधार्न मौरीपालन सम्बन्धी तालिम प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख बस्नेतले बताउनुभयो । उहाँले यस्ता तालिमले सदस्यहरूलाई व्यावसायिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार ००:००  ९ : ०३ बजे