१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

मोरङ कारागारमा बलात्कार मुद्दाका बन्दीको मृत्यु



विराटनगर : जिल्ला कारागार मोरङका एक जना बन्दीको मंगलबार दिउँसो मृत्यु भएको छ । बलात्कार मुद्दामा कारागार चलान गरिएका मोरङको रतुवामाई नगरपालिका-५ का २९ वर्षीय किसुन टुडु सतारको मृत्यु भएको हाे ।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार किसुनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा दिउँसो १:४५ बजेतिर मृत्यु भएको हो । किसुन आफूविरुद्ध दर्ता भएको मुद्दा फैसलाको पर्खाइमा थिए ।

अचानक रिंगटा लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने समस्या देखिएपछि उनलाई उपचारका लागि माघ २६ गते कोशी अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार ००:००  ५ : २६ बजे