झापा-नेकपा माओवादी केन्द्रले झापा जिल्ला इन्चार्जको जिम्मेवारी रन्जित तामाङलाई दिएको छ । विद्यार्थी राजनीतिबाट माओवादीमा सक्रिय भएका तामाङले जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा माघ २१ गते बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरूको टुङ्गो लगाउँदै उनीहरूसँगको समन्वयका आधारमा जिल्ला इन्चार्ज तय गरेको हो ।
माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढा क्षेत्री, पाँचथरमा सीतादेवी देवी थेव र इलाममा धीरेन्द्र शर्मालाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।