७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

शिक्षकलाई देशभर खटाउने व्यवस्था मिलाउनु पर्छ : मन्त्री भट्टराई



झापा-शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर खटाउन सकिने व्यवस्थासहितको विद्यालय शिक्षा विधेयक आवश्यक भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल नुवाकोटले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले शिक्षक परिचालन र व्यवस्थापन गर्दा देशैभर खटाउन सकिने बताउनुभयो ।

मन्त्री भट्टराईले सेवा प्रवाहका लागि शिक्षकहरू देशभरका विद्यालयमा जान तयार हुनुपर्ने बताउनुभयो । मन्त्री भट्टराईले शिक्षामा निजी क्षेत्रको लगानी व्यावसायिक नभई कल्याणकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार ००:००  ९ : ४८ बजे