२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

झापामा छ महिनामा थपिए ६६ जना कुष्ठरोगी



बिर्तामोड-झापामा पछिल्लो छ महिनामा ६६ जना कुष्ठरोगी थपिएका छन् । छ बालबालिकासहित ६६ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार सबैभन्दा बढी भद्रपुरमा ११ जना नयाँ कुष्ठरोगी थपिएका हुन् ।

झापामा १५ पालिका छन् । तीमध्ये दमकमा थप १० जनामा कुष्ठरोग फेला परेको छ । कचन कवल गाउँपालिकामा आठ नयाँ कुष्ठरोगी फेला परेको दासले बताउनुभयो ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार ००:००  ९ : ३४ बजे