२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

सतासीधाममा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु



बिर्तामोड-पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका ११ झरनाचोक नजिक मङ्गलबार दिउँसो भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा स्कुटर चालक १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अधिकारी प्र. १-०१-०१२ प ३३७१ नम्बरको स्कुटरमा सवार थिए ।

बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र. १-०२-००२ च ६४५४ नम्बरको पिकअप र दमक तर्फबाट आइरहेको स्कुटर आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका अधिकारीलाई उपचारका लागि वीएण्डसी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनापछि प्रहरीले पिकअप चालक तेह्रथुमको म्याग्लुङ घर भएका ३६ वर्षीय अर्जुन शंकरलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार ००:००  ५ : १० बजे