काठमाडौँ-सरकारले ल्याएको अध्यादेशको पक्षमा दृढतापूर्वक उभिन कांग्रेस नेतृत्वले आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । नेतृत्वको निर्देशनपछि कांग्रेस सांसदहरु अध्यादेशको पक्षमा एक ढिक्का भएर संसदमा उभिने भएका छन् ।
एमाले र कांग्रेस नेतृत्वको संयुक्त सरकारको तर्फबाट अध्यादेश जारी भएको विषयमा प्रतिपक्षी दलले तीव्र आलोचना गरिरहेका बेला कांग्रेसले अध्यादेशको पक्षमा उभिन नेता कार्यकर्तालाई निर्देशन दिएको हो ।
सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँग छलफल गर्दै कांग्रेसको शीर्ष नेतृत्वले सरकारले ल्याएका अध्यादेशको पक्षमा एक ढिक्का रहेको सन्देश दिन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको अध्यादेशका बारेमा संसदभित्र र बाहिर एक ढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएको बैठकमा सहभागी प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयो ।