भोजपुर-पाठेघरको क्यान्सरविरुद्ध भोजपुरमा साढे ८ हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले पालिका तहमा खोप लगाउने तयारी थालेको हो ।
खोप कार्यक्रम सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।
भोजपुरमा नौ स्थानीय तह रहेका छन् । ती स्थानीय तहका ८ हजार ४१९ जना किशोरीलाई एचपीभी खोप लगाउन लागिएको हो ।
खोप अभियान सञ्चालनका लागि १३५ वटा विद्यालय, नौ स्थानीय तहका ८१ वटै वडा, ८१ स्वास्थ्य संस्था र नौ समुदायस्तरीय खोप केन्द्र गरी २२५ खोप केन्द्र निर्धारण गरिएको छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्ध कक्षा ६ देखि १० सम्म अध्ययनरत र १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपीभी खोप लगाउने सरकारको तयारी छ ।