झापा-प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन दुई दिन पछाडि सरेको छ । फागुन २५ देखि २७ गतेसम्म महाधिवेशनको मिति तय भएको हो ।
यसअघि प्रेस चौतारीले फागुन २३ गतेदेखि २५ गतेसम्म विराटनगरमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।
बुधबार साँझ आयोजित भर्चुअल बैठकपछि प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले यसअघि तय भएको अधिवेशन विशेष कारणले दुई दिन पछाडि सारिएको बताउनुभयो ।
अध्यक्ष बस्नेतका अनुसार प्रेस चौतारीले वितरण गर्ने विभिन्न पुरस्कार छनोटका लागि समिति समेत गठन गरिएको छ । स्थापना दिवसको अवसरमा माघ २२ गते ती पुरस्कार घोषणा हुनेछन् ।
प्रेस चौतारीले माघ २५ गतेसम्म जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ । फागुन ७ भित्र प्रदेश अधिवेशन सम्पन्न गर्नुपर्ने कार्यतालिका छ ।
नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवम् प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यमा बैठक भएको हो ।