८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

चिया श्रमिकका लागि दुई दिने कार्यशाला



बिर्तामोड-नेपाल चिया बगान श्रमिक संघले चिया क्षेत्रमा कार्यरत श्रमिकका मुद्दा, मर्यादित काम एवम् सामाजिक सुरक्षाका लागि आगामी मार्गचित्र विषयक दुई दिने कार्यशाला आइतबार सम्पन्न गरेको छ ।

कार्यशालालाई नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्की, महासचिव अजय राई, केन्द्रीय उपमहासचिव अर्चना बस्नेत र चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले सहजीकरण गरेका छन् ।

दुई दिने कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले श्रमजीवी वर्गको श्रमको मूल्य र सम्मान प्राप्त नभएसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञ प्रताप अधिकारी, नेपाली कांग्रेस झापाका सदस्य रश्मी शेखर सुवेदी, सहभागीका तर्फबाट कल्पना कार्की, नरेन्द्र अर्याल, मणि भुजेल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार ००:००  ८ : ३८ बजे