१० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026

भरुवा बन्दुक पड्किँदा राईको मृत्यु



खोटाङ-खोटाङको केपिलासगढी गाउँपालिका १ का जगतप्रसाद राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । राई बुधबार शिकार खेल्न गएका थिए ।

हात्तीढुङ्गे जङ्गलमा शिकार खेल्न गएका राई मृत फेला परेको स्थानीयले बताएका छन् । बुधबार साँझ पड्केको आवाज सुनेपछि स्थानीय जङ्गलमा पुगेका थिए ।

घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले घटनास्थलमा प्रहरी टोली परिचालन भइसकेको र थप अनुसन्धान कार्य अघि बढेको जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार ००:००  ७ : २१ बजे